सूचना
मादी नगरमा कोरोनाको स्तिथि
कोरोना (RDT) टेस्ट गरिएको: ८६ जना
पोजेटिभ: ०
नेगेटिभ: ८६ जना
जनमत
सेवाहरु
बिबाहदर्ता
दस्तुर: ३५ दिनभित्र निःशुल्क , ३५ दिनपछि रु ५०
लाग्ने समय: सोहि दिन र सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा दिने शाखा: सम्बन्धित वडा कार्यालय
आवस्यक पर्ने कागजातहरु
- दुल्हा दुलही को नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
- कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुताबास बाट प्रमाणित अधिकृत वारेसनामा |
- दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज |
- दुवै जनाको हालै खिचेको अटो साईजको २ /२ प्रति फोटो |
सेवा सुबिधा प्राप्त गर्न आवस्यक पर्ने प्रक्रिया
- निबेदन सहित तोकिएको कगजातहरु पेस गर्ने |
- वडा अध्यक्षले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने |
- निबेदन दर्ता गर्ने |
- आवस्यक परेमा स्थलगत सर्जमिन तथा अन्य जाचबुझ गरि विवाह दर्ता गरिने छ |
जन्मदर्ता
दस्तुर: ३५ दिनभित्र निःशुल्क , ३५ दिनपछि रु ५०
लाग्ने समय: सोहि दिन
सेवा दिने शाखा: सम्बन्धित वडा कार्यालय
आवश्यक पर्ने कागजातहरु
- बाबु वा आमाको नागरिकताको प्रतिलिपि
- स्वास्थ्य संस्था / अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन
- घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण
- अस्पताल वा खोपको प्रमाण नभएको जन्म दर्ता गर्नु पर्ने व्यक्ति स्वंयमलाई उपस्थिति गराउने वा सम्बन्धित वडा कार्यालय बाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज
- बिदेशी नागरिक भएमा बाबु आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण
- भारतीय भएमा भारतीय भनि पहिचान खुल्ने प्रमाण
- बाबु बेपता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र
सेवा सुविधा प्राप्त गर्न आवश्याक पर्ने प्रकृया
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निबेदन दर्ता गर्ने
- आवस्यक परेमा स्थलगत सर्जमिन तथा अन्य जाचबुझ गरि जन्म दर्ता गरिने छ
सम्बन्ध बिच्छेद दर्ता
दस्तुर: ३५ दिनभित्र निःशुल्क , ३५ दिनपछि रु ५०
लाग्ने समय: सोहि दिन र सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा दिने शाखा: सम्बन्धित वडा कार्यालय
आवस्यक पर्ने कागजातहरु
- सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- अदालतबाट सम्बध बिच्छेद भएको फैसलाको प्रतिलिपि
सेवा सुविधा प्राप्त गर्न आवस्यक पर्ने प्रक्रिया
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- आवस्यक परेमा स्थलगत सर्जमिन तथा अन्य जाचबुझ गरि सम्बध बिच्छेद दर्ता गरिने छ
मृत्यु दर्ता
दस्तुर: ३५ दिनभित्र निःशुल्क , ३५ दिनपछि रु ५०
लाग्ने समय: सोहि दिन र सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा दिने शाखा: सम्बन्धित वडा कार्यालय
आवस्यक पर्ने कागजातहरु
- सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ' नागरिकता बनेको भएमा '
- विदेशी भएमा सूचक र मृतकको राहदानी , प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण
सेवा सुविधा प्राप्त गर्न आवस्यक पर्ने प्रक्रिया
- निवेदन सहित तोकिएको कागजातहरु पेश पर्ने
- वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- आवस्यक परेमा स्थानीय प्रहरी सर्जमिन तथा अन्य जाचबुझ गरि मृत्यु दर्ता गरिने छ
बसाईसराई दर्ता
दस्तुर: ३५ दिनभित्र निःशुल्क , ३५ दिनपछि रु ५०
लाग्ने समय: सोहि दिन र सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा दिने शाखा: सम्बन्धित वडा कार्यालय
आवस्यक पर्ने कागजातहरु
- सुचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- परिवारका सम्पूर्ण सदस्यको नागरिकताका प्रतिलिपि /व्यक्तिगत घटना दर्ताको प्रतिलिपि
- बसाई सरी आउनेको हकमा बसाई सराईको लगत हस्तान्तरणको सक्कल प्रति
सेवा सुविधा प्राप्त गर्न आवस्यक पर्ने प्रक्रिया
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- आवस्यक परेमा स्थलगत सर्जमिन तथा अन्य जाचबुझ गरि बसाईसराई दर्ता गरिने छ
नागरिकता प्रतिलिपि सिफारिस
दस्तुर: रु.१५०
लाग्ने समय: सोहि दिन र सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा दिने शाखा: सम्बन्धित वडा कार्यालय
आवश्यक पर्ने कागजातहरु
- निवेदन पत्र
- नागरिकता प्र.पत्रको प्रतिलिपि वा नागरिकता नं. खुलेको कागजातको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेको रसिद, व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया
- निवेदन सहित तोकिएको कागजातगरु पेश गर्ने
- वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोकि आदेश गर्ने ।
- निवेदन दर्ता गर्ने।
- आवश्यक परेमा स्थलगत सर्जमिन तथा अन्य जाँचबुझ गरी सिफारिस गरिने छ।
नेपाली नागरिकता सिफारिस, वंशज
दस्तुर: रु.१००
लाग्ने समय: सोहि दिन र सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा दिने शाखा: सम्बन्धित वडा कार्यालय
आवश्यक पर्ने कागजातहरु
- निवेदन पत्र र आमा बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
- चारित्रिक प्रमाणपत्रको प्रतिलिपि ( बिध्यार्थीको हकमा)
- विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि ( बिबाहितको हकमा)
- पतिको ना.प्रा.को प्रतिलिपि ( विवाहित महिलाको हकमा)
- बसाई सरी आएको हकमा बसाई सराईको प्रमाणपत्र प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेको रसिद
- दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
सेवा सुविधा प्राप्त गर्न आवश्यक प्रक्रिया
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोकि आदेश गर्ने ।
- निवेदन दर्ता गर्ने।
- आवश्यक परेमा स्थलगत सर्जमिन तथा अन्य जाँचबुझ गरी सिफारिस गरिने छ।
व्यवसाय दर्ता सिफारिस
दस्तुर: रु.५००
लाग्ने समय: सोहि दिन र सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा दिने शाखा: सम्बन्धित वडा कार्यालय
आवश्यक पर्ने कागजातहरु
- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि
- हकभोगको श्रोत खुल्ने कागजात
- घरधनीसंग भएको घरवहाल कर संझौता
- चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेको रसिद
- घर नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रकृया
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- बडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोकि आदेश गर्ने ।
- निवेदन दर्ता गर्ने।
- आवश्यक परेमा स्थानिय र प्रहरी सर्जमिन तथा अन्य जाँचबुझ गरी सिफारिस गरिने छ।